जिप्रका कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ
पाेखरा | बैशाख १३, २०८३
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले पोखरा महानगरपालिका ४ स्थित एक खाजाघरबाट थापालाई शनिबार पक्राउ गरिएको हो ।
लागुऔषध मुद्दाका प्रतिवादीलाई मुद्दा मिलाउन सहजीकरण गरिदिने भन्दै ५० हजार रकम लिएको निवदेनका आधारमा क्षेत्रीलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका सूचना अधिकारी रामहरी शर्माले पब्लिक टिभीलाई बताए ।
सो घटनाबारे थप अनुसन्धान अघि बढाइएको उनले बताए ।

पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ । जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो । जातीय भेदभाव...
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...
पोखरा । ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ । पातिखोला गुफा संरक्षण समितिको...

